बादललाई पराजित गर्दै खिमलाल निर्वाचित
६ जेठ, रौतहट । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन ।
हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन्। बादलको पक्षमा ४०१४ मत पाए ।
स्थानीय तहतर्फको देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत पाए। नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले २ मत पाए ।
प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए ।






