काँग्रेस उपसभापति गच्छदारका श्रीमतीको कोरोनाका कारण निधन
द नेपाल मिडिया
१ जेष्ठ २०७८, शनिबार १२:१०
१ जेठ, रौतहट । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नी निर्मलाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि, उनलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान उनको निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर उपचार समेत गरिएको थियो ।






