पूर्वरानी कोमल कोरोनामुक्त

   ३१ बैशाख २०७८, शुक्रबार १६:५७  

३१ बैशाख, रौतहट । पूर्वरानी कोमल शाह कोरोना संक्रमण जितेर आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

भारतको कुम्भ मेलामा सहभागी भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसंगै २१ दिनअघि उनीहरु काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

संक्रमित कोमललाई अक्सिजनको हाई फ्लो सपोर्टमा राखेर उपचार भइरहेको थियो । अक्सिजन निरन्तर घटेपछि आईसीयूमा राखेरसमेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उनको उपचार गरिएको थियो ।

उपचाररत शाह आज अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी अस्पताल स्रोतले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाहसमेत संक्रमणमुक्त भएकी छन् ।

यस्तै, पूर्वराजा ज्ञानेन्द्र कोरोना सुक्रमण जितेर गत वैशाख २९ गते गएराति ८ बजे डिस्चार्ज भएका थिए ।