प्रचण्ड र अग्निप्रसाद सापकोटाले लगाए कोरोनाविरुद्धको दोस्रो खोप

   ३१ बैशाख २०७८, शुक्रबार १५:३०  

३१ बैशाख, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् ।

शुक्रबारदेखि सांसदहरुका लागि शुरु भएको कोरोनाको दोस्रो चरणको खोप अभियानमा प्रचण्डले खोप लगाएका स्रोतले जनाएको छ ।

यस्तै, स्रोतका अनुसार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि आजै कोरोना विरुद्धको खोप लगाएका छन् ।