पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी

   ३१ बैशाख २०७८, शुक्रबार १४:०९  

३१ शुक्रबार, रौतहट । हाल पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने निणर्य गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । ओलीको कार्यक्रम सकेपछि मन्त्रीहरुको शपथ हुनेछ ।

‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको’, स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर अहिले कुनैपनि मन्त्री नहटाउने समेत तयारीरहेको छ ।

२७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका छन् ।

स्रोतहरुले दिएको जानकारी अनुसार ओलीले मन्त्रिपरिषद् गठन गर्दा नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहका सांसदलाई पनि समेट्ने तयारी गरेका छज् ।