आज २ बजे ओलीले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने
३१ वैशाख, रौतहट । केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओली शुक्रबार दिउँसो २ बजे सपथ ग्रहण गर्ने छन् ।
केपी शर्मा ओलीको शपथ ग्रहणको कार्यक्रम शितलनिवासमा आयोजना गरिएको छ । शपथ पछि आजै उनको पदभार ग्रहण गर्ने कार्यक्रम पनि राखिएको छ ।
यही वैशाख २७ गते विश्वासको मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए । अन्य दलहरुले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विधादेवी भण्डारीले पुनः ओलीलाई बिहिबार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।







