अक्सिजन सिलिन्डर लिन बेइजिङ गएको जहाज नेपाल फर्कियो
२८ बैशाख, रौतहट । चीनको राजधानी बेइजिङ गएका नेपाल एयरलाइन्सको जहाज ४ सय अक्सिजन सिलिन्डर बोकेर काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
बेइजिङबाट जहाजले ४ सय सिलिन्डर, १ सय ६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिए ।
सोमबार गएराति ११ः३० बजे तिर अक्सिजन सिलिन्डर लिन चीन गएका यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए ।
यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी भइरहेको पौडेलले बताए ।






