शिल्पा शेट्टीको पुरै परिवारलाई नै कोरोना पुष्टि

   २६ बैशाख २०७८, आईतवार १४:०७  

२६ बैशाख, रौतहट । कोभिड १९ को दोस्रो लहर फैलिएसंगै बलिउड जगत पनि अछुतो रहेको छैन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवाट नै कोरोना संक्रमित भएको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र मुस्किल झेलिरहेको जानकारी दिएकी हुन् ।

अभिनेत्रीले सुरुमा सासु, ससुराबाट सुरु भएको संक्रमण पछि सबैपरिवार र घरेलु कामदार समेत संक्रमित भएको उल्लेख गरेकी छिन् । उनले डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा नै बसेको जानकारी दिएकी छिन् ।

तर, शिल्पाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । एजेन्सी