वर्षा राउतलाई कोरोना संक्रमण
द नेपाल मिडिया
२६ बैशाख २०७८, आईतवार १३:४४
२६ बैशाख, रौतहट । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका राउतले सामाजिक सञ्जाल इन्टाग्राममार्फत् आफू संक्रमित भएकी जानकारी दिएकी हुन्।
उनले गन्ध हराएको र खोकी लागिरहेका कारण कोरोना परीक्षण गराएको उल्लेख गरेकी छिन्। साथै, अहिले आफू ठीक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै हामे आइसोलेसनमा नै रहेको पनि उनले उल्लेख गरेकी छन्।






