बैंगलोर र कोलकाताबीचको आईपीएल खेल स्थगित

   २० बैशाख २०७८, सोमबार १६:४७  

२० वैशाख, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट अन्तर्गत बैंगलोर र कोलकाताबीचको खेल स्थगित गरिएको छ ।

कोलकाताका खेलाडी भरुन चर्कवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण देखिएपछि दुई टोलीबीचको खेल स्थगित गरिएको छ ।

सोमबार रोयल्स च्यालेन्जर्स बैंगलोर र कोलकाताबीचको खेल हुने तय थियो । तर कोरोना संक्रमणको पुष्टि भए पछि खेल स्थगित गरिएको छ ।

आइपीएलको यो सिजन कोरोना संक्रमण हुने पहिलो खेलाडी हुन् । चर्कवर्तीले आईपीएलको खेलहरु प्नि गुमाउने खत्रा भएको बताइएको छ ।

“पछिल्लो २४ घण्टामा हाम्रा दुई खेलीडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यसै कारण आजको खेल स्थगित हुने भएको छ । ” आईपीएलको मेडिकल टोलीले विज्ञप्तिमा भनेका छन् ।