मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

   १९ बैशाख २०७८, आईतवार ११:१९  

१९ बैशाख, रौतहट । लुम्बिनी प्रदेशका मुखयमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलले आइतबार बिहान दिएको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषदलाई नै सरकार संचालन गर्न तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जनाए ।

पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आजदेखि शुरु हुने विशेष अधिवेशन शुरु हुनु अघि नै राजीनामा दिएका स्रोतले जनाएको छ ।

उनीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको थियो ।