पूर्वरानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार हुँदै
१७ बैशाख, रौतहट । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी प्रर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ ।
कुम्भ मेलामा सहभागी भएर आएकी शाहलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य अवस्था बिग्रिदैँ जादाँ बिहीबारबाट नर्भिक अस्पतालले उनलाई प्लाज्माद्वारा उपचार गरेको हो ।
शाहको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको र आइसियूमै राखेर उनका उपचार भइरहेको अस्पतालले जनाएको छ । उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको छ ।
भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराज दाम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि यही बैशाख ७ गते उनीहरू नर्भिक अस्पतालमा भर्ना भएका थिए ।






