ऊर्जा मन्त्री टोपबहादुरलाई कोरोना पुष्टि

   १४ बैशाख २०७८, मंगलवार १३:५४  

१४ बैशाख, रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा उनमा यही बैशाख १३ गते (सोमबार)को संक्रमण पुष्टि भएको थियो । संक्रमण भएसंगै उनी हिजो नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

संक्रमण देखिएपछि स्वास्थ्य सावधानीका लागि रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । उनी केही दिनअघि मात्रै गृह जिल्ला अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं आएका थिए ।