हिना खानलाई कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
१४ बैशाख २०७८, मंगलवार १२:२५
१४ बैशाख, रौतहट ।
अभिनेत्री हिना खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिना खानको पिताको हृदयघातका कारण मृत्यु भएको आज एक हप्ता पुग्दैँ उनलाई संक्रमण पुष्टि भएको हो । जति बेला हिना कश्मिरमा एक सुटिङको लागि पुगेकी थिइन् ।
पिताको मृत्युको खबर पाएकै भोलिपल्ट मुम्बई आएकी हिनालाई कोरोना संक्रमण भएको छ । हिनाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।
हिनाले लेखेकी छन्–‘म र मेरो परिवार एक दुखत समयम बिताइरहेको बेला मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मैले सबै निर्देशनलाई पालना गरेर क्वारेन्टाइमा बसेको छु । ’
पछिल्लो समय भारतमा कोरोना संक्रमणको चपेटा कलाकार पनि पर्न थालेका छन् । केही कलाकारको त कोरोनाले ज्यान समेत लिइसकेको छ । एजेन्सी