सरकारबारे के भने अभिनेता अनुपम खेर
१३ बैशाख,
देशमा बिग्रँदो कोरोना हालतका बीच मोदी सरकारले आलोचनाको सामना गरिरहेको छ । यता, बलिउड अभिनेता अनुपम खेरले सरकारको पक्षमा ट्वीट गरेपछि ट्वीटरमा उनको चर्चा सुरु भएको छ र उनी ट्रेन्ड हुन थालेका छन् । उनले यो ट्वीट पत्रकार शेखर गुप्ताको एउटा ट्वीटको जवाफमा दिएका थिए ।
शेखर गुप्ताले लेखेका थिए, ‘६० को दशकदेखि मैले थुप्रै संकट देखेँ जसमा ३ युद्ध, खानाको कमी, आपत्कालीन स्थिति समावेश छन् । यो हाम्रो विभाजन पछिको सबैभन्दा ठूलो संकट हो र भारतमा सरकार यसरी गायब भएको कहिल्यै देखिएको थिएन । फोनका लागि कुनै कन्ट्रोल रुम छैन, कोही जवाफदेह छैन ।’
यसको जवाफमा अनुपम खेरले ट्वीट गरे, ‘आदरणीय शेखर गुप्ता जी, यो अलि धेरै नै भयो । तपाईंको स्ट्यान्डर्डभन्दा पनि । कोरोना पूरा दुनियाँका लागि विपद् हो । हामीले यो महामारीको सामना पहिले कहिल्यै गरेका थिएनौं । सरकारको आलोचना आवश्यक छ, तर योसँग जुध्नु हामी सबैको जिम्मेवारी हो । त्यसरी नडराउनुहोस् । आउन त मोदी नै आउँछन् । जय हो ।’ एजेन्सी






