कांग्रेस नेताहरुको आज स्वाब संकलन हुँदै
द नेपाल मिडिया
१३ बैशाख २०७८, सोमबार १०:४२
१३ बैशाख, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिने भएको छ ।
सोमबार मध्यान्ह् १२ देखि दिउँसो ३ बजेसम्म पार्टी कार्यालय सानेपामा स्वाब सङ्कलन गरिने भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।
पौडेलका अनुसार पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब सङ्कलन गरिने छ ।
आज गरिएको स्वाब सङ्कलनको रिपोर्ट आएपछि, मंगलबार वा विहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको हो ।