जापानको नयाँ अविष्कार, पाचै मिनेटमै कोरोना रिपोट हेर्न मिल्ने

   ७ बैशाख २०७८, मंगलवार १७:१०  

७ वैशाख, रौतहट । कोरोनाभाइरसको संक्रमण दर बढी रहको र परीक्षण गर्ने समय लागेको कारणले जापानले नयाँ प्रविधिको विकास गरेको छ । जापानका वैज्ञानिकहरुले पाँच मिनेटमै कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि बिकास गरेका छन् ।

जापानका स्थानिय सञ्चारमाध्यमहरुका अनुसार उक्त प्रविधिको विकास रिकेन रिसर्च इन्स्च्यिुट र टोकियो युनिभर्सिटीका शोधकर्ताहरुको सहकार्य भएको हो ।

नयाँ प्रविधि पुरानो कोरोना चेक गर्ने तरिका भन्दा धेरै फरक रहेको वैज्ञानिकहरुले बताएका छन् । उक्त प्रविधिमा एउटा विशेष प्रकारको ग्लास प्लेटको प्रयोग गरिएको छ ।

यो ग्लास प्लेटमा कोरोनाको नमूना राख्ने बित्तिकै यसबाट प्रकाश उत्पन्न हुन्छ । यो प्रविधिबाट भाइरस कति संख्यामा छ समेत थाहा पाउन सकिने छ ।

हाल जापानमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा एक घण्टा लाग्छ । वैज्ञानिकहरुका अनुसार यो प्रविधि अबको केही वर्षमा व्यावसायिकरुपामा उपलब्ध हुनेछ ।