कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिनमा बस्ने

   ७ बैशाख २०७८, मंगलवार १४:००  

७ बैशाख, रौतहट । कुम्भ मेलामा सहभागी भएर आज नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिनमा बस्ने भएका छन्।

१० दिने भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार केही बेह अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मेलामा सहभागी धेरैमा कोरोना संक्रमण पुष्टि भएको ले स्वदेश फर्किएका शाह क्वारेन्टिनमा बस्ने भएका छन् ।
भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन उनी गत चैत २६ गते बिहीबार भारत गएका थिए ।