आईपीएलमा चेन्नईसँग राजस्थान रोल्यस पराजित
७ वैशाख, रौतहट । इन्डियन प्रिमियर लिगा (आईपीएल)मा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । सोमबार राती भएको खेलमा चेन्नई सँग राजस्थान ४५ रनले पराजित भएको छ ।
चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सफल भए ।
राजस्थानका लागि जोस बट्लरले ४९ रन बनाएका थिए । जयदेव उनाकडले २४ रन बनाउँदा राहुल टेवाटिया २० रनमा आउट भएका थिए ।
त्यस्तै चेन्नईका लागि मोइन अलीले ३ विकेट लिएका थिए भने साम कुरन र रविन्द्र जडेजाले २/२ विकेट लिएका थिए ।
टस हारेर पहिलो ब्याटिङ गर्न रोजेको चेन्नईले र्निधारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएका थिए । राजस्थानले यस वर्षको आईपीएलमा यो दोस्रो हार हो । राजस्थान ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ ।






