युरोपियन सुपर लिग प्रतियोगिताको घोषण, २० क्लबहरु खेलिने
६ वैशाख, रौतहट । युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषण भएको छ । युरोपका प्रतिष्ठित १२ क्लबहरुको सम्मिलितमा सो खेलको घोषण भएको छ ।
इंग्ल्यान्डबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् भने स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटलीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान उक्त संस्थापक क्लबमा रहने छन् ।
संस्थापन क्लबमा हाल १२ क्लबहरु रहे पनि पछि गएर ३ क्लब थपेर १५ बनाइने छ ।
फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबहरु खेल्ने छन् । जसमा संस्थापनका १५ र बाँकी ५ टिम छनोटबाट लिइने बताईएको छ । यो खेल २०२३—२०२४ मा हुनेछ ।






