लागु औषधसहित एक भारतीय नागरिक पक्राउ
द नेपाल मिडिया
२ बैशाख २०७८, बिहीबार १३:११
२ बैशाख, रौतहट । लागूऔषधसहित पर्साबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत बिहार मोतीहारीका २४ वर्षीय भोला दासलाई १ हजार ४ सय ८८ एम्पुल लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।
दासको साथबाट फेनारगन ४९६ एम्पुल डाइजेपाम ४९६ एम्पुल, र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १४८८ एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई हिरासदमा राखी औषध सम्बन्धी कसूरमा अनुसन्धान सुरु भएको पर्सा प्रहरीले जनाएको छ ।