बैङलोरले हैदराबादलाई ६ रनले हरायो
द नेपाल मिडिया
२ बैशाख २०७८, बिहीबार ११:५१
२ वैशाख, रौतहट । रोयल च्यालेन्जर्स बैङलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबाद लाई ६ रनले पराजित गरेको छ ।
न्नाइमा टस हारेर ब्याटिङ गरेको बैङलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि म्याक्सवेलले सर्वाधिक ५९ रनको योगदान गरे । उनले ४१ वलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
जवाफमा सनराइजर्स २० ओभरमा नौ विकेटको नोक्सानीमा १ सय ४३ रनमा रोकियो । ओपनर रिद्धिमान साह तेस्रो ओभरमा ब्यक्तिगत एक रनमा पवेलियन फर्किएका थिए ।
राइजर्सको यो लगातार दोस्रो हार हो भने बैङलोर दुइमा दुवै खेलमा जीत हात पार्न सफल भयो ।