राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित
३१ चैत, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।
जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस कुदिसकेको अवस्थामा समेत सिंगल रन लिएका थिएनन् ।
मुम्बईस्थित वाङखडे स्टेडियममा पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।






