आज बिहानै हरिद्वार पुगे पूर्व राजा ज्ञानेन्द्र

   २९ चैत्र २०७७, आईतवार १२:००  

 

२९ चैत, रौतहट । नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगिसकेका छन् । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा शाह हरिद्वार आइपुगेका छन् ।

हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा शाह आइतबार बिहान करिब ९ बजतिर पुगेका हुन् । हरिद्वारमा वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ ।

स्रोतका अनुसार शाह माँ दक्षिणकालीको पूजा अर्चना गर्दैछन् । उनको पूजा अर्चन कार्यक्रम झन्डै ४५ मिनेट चल्ने छ । पूजाभन्दा अघि शाहले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरिदैँ नेपालबाट आएका पत्रकारहरुसँग बसोबासको व्यवस्थाबारे चासो लिएका थिए ।