आगामी वैशाख १ गते ४५२ लाई विभूषित गरिँदै भण्डारी
२९ चैत, रौतहट । आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४ सय ५२ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने भएकी छन् ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थिया ।