इरफानको योगदानको बखान गर्दा छोराको आँखामा आँसु
२८ चैत,
बलिउडका अभिनेता इरफान खानको मृत्युको महिनौं बितिसकेको छ । इरफान नभएपनि त्यो घाउ अहिले पनि ताजा नै छ । आज पनि यी महान् कलाकारलाई याद गरिन्छ, उनलाई सम्मान दिइन्छ ।
यसै सन्दर्भमा फिल्मफेयरले इरफान खानलाई ठूलै ट्रिब्यूट दिएको छ । विशेष अवार्डबाट सम्मान गरिएको अवार्ड अभिनेताका छोरा बाबिलले स्वीकार गरेका छन् ।
इरफानको योगदानको बखान गर्दा छोराको आँखाबाट बलिद्र धारा आँसु आइरहेको थियो । जब स्टेजमा प्रस्तोताले भूमिका निभाइरहेका राजकुमार राव र आयुष्मान खुराना, इरफानका लागि सुन्दर शब्दको प्रयोग गरेर भारतीय सिनेमामा उनको योगदानको बखान बाबिल निकै भावुक देखिए । एजेन्सी






