जया बच्चन भीड देखेपछि किन रिसाइहाल्छिन् ।
द नेपाल मिडिया
२७ चैत्र २०७७, शुक्रबार ११:५१
२७ चैत,
बलिउड अभिनेत्री जया बच्चन ७३ वर्ष पुगेकी छिन् । आज ९ अप्रिल सन् १९४८ मा जबलपुरमा जन्मिएकी जयाले सन् १९७१ मा रिलिज भएको फिल्म ‘गुड्डी’ मार्फत् करियरको सुरुवात गरिन् ।
हुन त जया स–सानो कुरामा पनि भड्किने बताइन्छ । यो कुराको विषयमा उनकी छोरी श्वेता र छोरा अभिषेकले एक खुलासा गरेका थिए ।
केही वर्ष अघि करन जौहारको च्याट शो ‘कफी पिद करन’ मा श्वेता र अभिषेक बच्चनले उनकी आमालाई क्लस्टेरोफोबिक नामको रोग भएको बताए ।
यो एउटा यस्तो मानसिक स्थिति हो जसमा मानिस अचानक भीड देखेर तनावमा हुने गर्छन् । कति पटक त उनीहरुलाई रिस उठ्छ कि त उनीहरु बेहोस पनि हुनसक्छन् । यस्तै, अवस्था मानिसहरुलाई बजारमा भीडयुक्त वाहन वा लफ्टमा महसुस हुन्छ । एजेन्सी