पूर्वराजा ज्ञानेन्द्र दिल्ली जाँदै
२६ चैत, रौतहट । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज भारत जाने भएका छन् ।
हरिद्वार जारी महाकुम्भ मेलामा सहभागी हुन शाह दम्पती आज भारतको दिल्ली प्रस्थान गर्दैछन् । नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्वराजपरिवार दम्पती हरिद्वार जान लागेको स्रोतले जानकारी दिए ।
चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजककातर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्वराज परिवार दम्पती त्यसतर्फ जान लागेका हुन् ।






