कटरीनालाई कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
२५ चैत्र २०७७, बुधबार १३:४५
२५ चैत,
बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो दिनमा बलिउडका कलाकारलाई एकपछि अर्काेमा कोरोना पुष्टि हुँदै आएको हो ।
कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ उनले लेखेकी छन् ।
अक्षय र कटरीना रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा सँगै देखिँदैछन् । कोभिडका कारण अक्षय अस्पताल भर्ना भएपछि फिल्मको रिलिज मिति सारिएको छ । फिल्म अप्रिल ३० मा थिएटरमा आउने तयारीमा थियो । एजेन्सी