एपिएफको लगातार दोस्रो जित
२२ चैत, रौतहट । नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०२२ टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश १९ ओभरमा ९० रनमा अल आउट भयो । सुदूरपश्चिमकी सुनिता लोहारले २२ बलमा ३ चौका सहित सर्वाधिक २३ रनको योगदान दिइन् । सुदूरपश्चिमका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दोस्रो ओभरको पहिलो बलमा सुमन विष्टले ओपनर तथा विकेटकिपर मञ्जु बोगटीलाई २ रनमा बोल्ड आउट गरिन् । तेस्रो ओभरको तेस्रो बलमा रेखा रावलले कविता कुँवरलाई ५ रनमा बोल्ड आउट गरिन् ।
पहिलो खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेटले हराएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले हराएको थियो । एपिएफले आफ्नो तेस्रो खेलमा मंगलबार ललितपुरसँग खेल्ने छ । मंगलबार सुदूरपश्चिमले प्रदेश १ सँग खेल्ने छ ।
हाम्रोखेलकुद