आइतबार म्यानमारमा ‘इस्टर अण्डा’ सहित विद्रोह
२२ चैत , रौतहट । म्यानमारको सैनिक विरुद्ध उत्रिएका प्रर्दशनकारी आइतबार ‘इस्टर अण्डालाई’ विद्रोहको प्रतिक बनाएका छन ।
बीबीसीले उल्लेख गरे अनुसार प्रर्दशनकारीहरु ‘इस्टर अण्डा’को साथ फोटो समाजिक संजालमा पोष्ट गर्दैछन् । म्यानरमा मानिसहरु प्रजातन्त्र पुनः स्थापनाको माग गर्दैछन् ।
१ फेब्रुअरीमा म्यानमारमा भएको विद्रोह पछि, सैन्य शासकहरुले सत्ता लिई निर्वाचित सरकारका अन्य सबै नेताहरुलाई हिरासतमा लिएका थिए ।
म्यानमारका नागरिकहरु यसको विरोधमा छन् । हालसम्म प्रर्दशनमा उत्रिएका ५५७ जना व्यक्तिको मृत्यु भएको बीबीसीमा उल्लेख छ ।
‘राजनीतिक कैदीहरुका लागि सहयोग संघ’ ( एएपीपी) नामक एक सक्रिय समूहले डाटा जारी गरेकोे छ ।
एएपीपीका अनुसार हालसम्म २६०० जना प्रहरीको हिरासतमा रहेका छन् ।
प्रर्दशनकारी बीचको अन्तरवार्ता रोक्न म्यानमारमा शुक्रबार देखि इन्टरनेट बन्द गरिएको छ । यसै सँग प्रहरीले ४० जना बिरुद्ध मुदा दायर गरेको छ ।






