कोरोना संक्रमणपछि, गायक बप्पी आइसियूमा भर्ना

   २० चैत्र २०७७, शुक्रबार ११:१५  

२० चैत, रौतहट ।

भारतीय गायक बप्पी लहेरीलाई कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या बढेसंगै उनी आइसियूमा भर्ना भएका छन् । बप्पी आइसियूमा पुगेपछि उनका छोरा बप्पा बुवालाई भेट्न भारत आइपुगेका छन् ।

उनका छोरा लस एन्जलसमा बसेर गीत संगीतको काम गरिरहेका छन् । बप्पाले आफ्ना पिताको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।

बप्पीलाई गत बुधबार मात्रै कोरोनाको सामान्य लक्षण देखिएको थियो । उनमा पहिला देखिनै पल्मोनरीको समस्या भएका कारण गाह्रो भएको बप्पाले बताए । उनी अहिले ब्रिच क्यान्डी अस्पतालमा छन् ।

कोरोना संक्रमित हुनुअघि बप्पीले कोरोना संक्रमणको डर रहेको बताएका थिए । एजेन्सी