आईसीसीको प्रतियोगितामा २२ खेलाडी राख्न पाउने
द नेपाल मिडिया
२० चैत्र २०७७, शुक्रबार ११:०५
२० चैत, रौतहट । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ठुला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन् ।
आईसीसीको बोर्ड बैठकले आउने ठुला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको हो । कोरोना भाईरसलाई मध्येनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो ।
यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
आईसीसीको अनुमतिसँगै अब आईसीसीको प्रतियोगितामा ३० सदस्सीय टिम हुनेछ । जसमा ८ स्टाफ हुनेछ ।
आईसीसीले गत वर्ष २३ सदस्सीय टिमलाई अनुमति दिएको थियो ।
एजेन्सी