रेफ्रीमाथि हातपात गर्ने ६ खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्ध
१९ चैत, रौतहट । मोरङ जिल्ला फुटबल संघले खेलपछि रेफ्रीमाथि कुटपिट र अभद्र व्यवहार गर्ने ६ खेलाडी र प्रशिक्षकलाई प्रतिबन्ध लगाएको छ ।
मोरङको पथरी शनिश्चरे भुटानी सिबिरले आयोजना गरेको वडा स्तरीय खेलपछि खेल मैदानै सहायक रेफ्री र रेफ्रीहरुलाई कुटपिटका साथै अभद्र व्यवहार गरेका कारण वडा नं १० का ६ खेलाडी र प्रशिक्षकलाई देशभर खेल्न नपाउने गरि कारवाही गरेको बुधबार विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
जसमा ४ खेलाडीलाई २ वर्ष, २ खेलाडीलाई १ बर्ष र प्रशिक्षक साजन खाम्बो लिम्बुलाई १८ महिनाको प्रतिबन्ध लगाएको छ ।२ वर्ष प्रतिबन्ध पर्ने खेलाडीमा राज तामाङ, सुनम मडियारी, सोनम कार्की, पुस्कर राई छन् । सनम तामाङ र आकाश धिमाललाई १ वर्षको प्रतिबन्ध लगाइएको मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
साथै संघले सुरक्षा दिन नसकेको भन्दै आयोजकलाई ११ हजार रुपैयाँ जरिवाना तोकेको छ ।मंगलबार खेलमा पथरी शिविरले वडा नं १० लाई १–० ले हराएको थियो । त्यसपछि वडा नं १० का खेलाडीले रेफ्री मनिष खड्का र सहायक रेफ्री जमुना मगरलाई कुटपिट गरेका थिए । कुटपिटबाट सहायक रेफ्री मगरको टाउको चोट लागेको थियो ।
हाम्रोखेलकुद