दादासाहेब फाल्के पुरस्कार रजनीकान्तलाई दिइने
द नेपाल मिडिया
१९ चैत्र २०७७, बिहीबार ११:४७
१९ चैत, रौतहट ।
दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार दिइने भएको छ । यसको घोषणा केन्द्रीय मन्त्री प्रकाश जावडेकरले गरेका छन् ।
एक पत्रकार सम्मेलनमा उनले भने, ‘यो वर्षको दादा साहेक फाल्के पुरस्कार महान नायक रजनीकान्तलाई दिने घोषणा गर्दा हामीलाई खुशी लागेको छ ।
रजनीकान्तले विगत पाँच दशकदेखि सिनेमाको संसारमा राज गरेका छन् । त्यसैले पुरस्कारका निर्णायकहरूले उनलाई विभूषित गर्ने निर्णय लिएका छन् ।’ एजेन्सी