नेता विष्णुबहादुर मानन्धरको निधन
द नेपाल मिडिया
१७ चैत्र २०७७, मंगलवार ११:५२
१७ चैत, रौतहट । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका नेता विष्णुबहादुर मानन्धरको आइतबार मृत्यु भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए ।
साहका अनुसार अस्पतालमा उपचाररत ८७ वर्षीय मानन्धरको चैत १५ गते (आइतबार) राति करिब ८ः२० बजेतिर नै निधन भएको थियो । निघन भएको भोलिपल्ट सोमबार नै अन्त्येष्टि गरिने परिवारले जानकारी दिए ।
विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधलेर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव रहेका थिए । नेपाली कांग्रेसबाट सुरु भएको उनले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।