कोरोना महामारीका कारण २५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने आँकलन

   १ श्रावण २०७७, बिहीबार ०६:३९  

साउन १, रौतहट । कोरोनाभाइरसको महामारी र यसका क्रुर आर्थिक असरहरुले आगामी विश्वव्यापी अनिकाल निम्त्याउने तय छ । पछिल्ला चार वर्षमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरताले भोकमरीबाट ग्रस्त व्यक्तिको संख्या ८ करोडबाट १३ करोड ५० लाखसम्म पुप्याएकोे थियो ।

महामारीले थप १३ करोडभन्दा बढी जनसंख्यालाई आगामी डिसेम्बरसम्म यस्तो अवस्थामा पुप्याउनसक्छ । सन् २०२० मा समग्रमा २५ करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा हुनसक्छन् ।