जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्यक्त
द नेपाल मिडिया
१४ चैत्र २०७७, शनिबार ११:५६
१४ चैत, रौतहट । इमान्दार तथा स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।
भण्डारीले आज बिहान ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी हुन् ।
स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भण्डारीले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।