कोरोना खोप लगाएपनि, परेश रावललाई संक्रमण पुष्टि

   १४ चैत्र २०७७, शनिबार ११:२६  

 

१४ चैत, रौतहट । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका सांसद परेश रावललाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

६५ वर्षीय रावलले शुक्रबार आफ्नो ट्विटर ह्याण्डालबाट आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु ।

विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट अनिवार्य नै गराउनु होला । ’ ९ मार्च (१८ दिनअघि) कोरोना खोप लगाएपनि रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।