सानेपामा २ घण्टा जोशीको शव राख्ने

   १४ चैत्र २०७७, शनिबार ११:०८  

१४ चैत, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

नेता जोशीलाई श्रद्धाञ्जली दिनका लागि बैठक बोलाइएको स्रोतले जानकारी दिए । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा आज बिहान १२ बजेदेखि २ बजेसम्म राखिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन् ।

श्रद्धाञ्जलीका कार्याक्रमअघि कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामै आज ११ः३० बजेतिर बैठक बस्ने भएको स्रोतले जनाए ।

शुक्रबार गएराति करिब ८ः३० बजेतिर नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता जोशीको निधन भएको थियो ।