जर्मनीले आइसल्याण्डलाई पराजित गरे
द नेपाल मिडिया
१३ चैत्र २०७७, शुक्रबार १३:४१
१३ चैत, रौतहट । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले जित हात पारेको छ । बिहीवार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए । जितसँगै समूह जे को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
आइसल्याण्डले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३-२ ले हराएको छ ।
अर्मेनियाले लिचेस्टिनलाई १-० ले हराएको छ ।
एजेन्सी