सलमान खानले लगाए कोरोना खोप

   १२ चैत्र २०७७, बिहीबार १५:४६  

१२ चैत, रौतहट । बलिउडका सुपरस्टार सलमान खानले कोरोना खोप लगाएका छन् ।

बुधबार नै लीलावती अस्पताल पुगेर सलमान खानले कोरोना भ्याक्सिनको पहिलो खोप लगाएका हुन् ।

सलमान खान आफैले ट्वीट गर्दै यसबारे जानकारी गराएका हुन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘आज मैले भ्याक्सिनको पहिलो डोज लिएको छु ।’ खानको यस ट्वीटपछि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एजेन्सी