कोरोना खोप पहिले कुकुरलाई अब आफूलाई; मलाइका

   १२ चैत्र २०७७, बिहीबार ११:५८  

१२ चैत, रौतहट ।

बलिउड अभिनेत्री मलाइका अरोडा खान अहिले पनि सामाजिक सन्जालमा निकै सक्रिय भइरहेकी हुन्छिन् । उनले सामाजिक सन्जालमा जे पोस्ट गर्छिन्, त्यसलाई आधार बनाएर भारतीय मिडियामा ठूलो चर्चा गरिएको हुन्छ ।

अहिले पनि त्यस्तै भएको छ ।

मलाइकाले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फिट तथा बोल्ड तस्वीर अपलोड गरेकी छिन् ।

अनि योसँगै सेयर पनि गरेकी छिन्, केही किस्सा ।

अहिले भारत कोरोनाभाइरसका कारण आक्रान्त बनेको छ । मलाइकाले पनि यही विषयमा आफ्नो पोस्ट गरेकी छिन् । उनले यो किस्सामा लेखेकी छिन्– पहिले घरमा पाहुना आउँदा हाम्रो कुकुरले भ्याक्सिन लगाएको छ भनिन्थ्यो, अहिले पाहुना आउँदा आफूले भ्याक्सिन लगाएको छु भन्ने गरेकी छु । एजेन्सी