जर्मन क्लबको प्रशिक्षक जाभी बन्ने

   १० चैत्र २०७७, मंगलवार १२:०५  

१० चैत, रौतहट । स्पेनिस पुर्व मिडफिल्डर जाभी अलन्सो जर्मन बुन्डेसलिगा क्लब बोरुसिया मोन्चेनग्लाडवाकको प्रशिक्षक बन्ने भएका छन् । उनले आउदो समरसँगै मोन्चेनग्लाडवाकको प्रशिक्षण भार सम्हाल्ने जर्मन सञ्चार माध्यम विल्ड रिपोर्टले जनाएको छ

मोन्चेनग्लाडवाकको हालको प्रशिक्षकमा मार्को रोस रहेका छन् । बोरुसिया डर्टमुन्डले आउदो समरसँगै लुसियन फाब्रेको स्थानमा मार्को रोसलाई प्रशिक्षक बनाउने योजना अघि सारिसकेको छ ।

३९ वर्षीय अलन्सो हाल स्पेनिस क्लब रियल सोसिडाडको ‘बी’ टिमको प्रशिक्षक रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखका पुर्व मिडफिल्डर अलन्सोको प्रशिक्षणमा रियल सोसिडाडको ‘बी’ टोलीले उच्च प्रदर्शन गरिरहेका छन् ।

मोन्चेनग्लाडवाकले पछिल्लो १० मध्ये ८ खेल गुमाएको थियो । पछिल्लोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै बाहिरिएको मोन्चेनग्लाडवाकले बुन्डेसलिगामा साल्केलाई ३–० ले पराजित गरेको थियो ।

अलन्सोले २०१७ मा बायर्न म्युनिखबाट व्यवसायिक फुटबलबाट सन्यास लिदै प्रशिक्षण करियरमा होमिएका थिए । उनी रियल म्याड्रिडको युथ टिमको प्रशिक्षक बनेका थिए । त्यसपछि उनी सोसिडाड पुगेका थिए ।