प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगे विप्लव
द नेपाल मिडिया
९ चैत्र २०७७, सोमबार १५:१७
९ चैत, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् ।
सरकारी निवास बालुवाटारमा आज पुगेर विप्लवले ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा विप्लवले गत फागुन २१ गते भएको शान्ति सम्झौता कार्यान्वयनबारे कुराकानी गरेका छन् । सम्झौता अनुसार मुद्दा फिर्ता, विप्लवका कार्यकर्ता रिहाईका विषयहरु थिए ।
स्रोतका अनुसार विप्लवले जनमतसंग्रहको प्रस्ताव समेत राखेका छन् । उनले त्यसबारे पनि कुराकानी गरेको बताइएको छ ।