विर्तामोडलाई हराउँदै आर्मी क्लबले उपाधि जिते

   ८ चैत्र २०७७, आईतवार १८:०४  

८ चैत, रौतहट । त्रिभुवन आर्मी क्लबले भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई हराउँदै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधि जितेको छ ।

आइतबार ईलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गर्ने छन् । आर्मीले विमानलाई १७-२५, २२-२५, २५-१४, २५-१८ र १५-१२ ले हराउँदै उपाधि जितेको हो ।

सुरुवाती दुई सेट गुमाएको आर्मीले त्यसपछि उत्कृष्ट प्रर्दशनका साथ लगातार तीन सेट जित्दै उपाधि जितेको हो । आर्मीले विमानलाई समूह चरणमा ३-२ ले पराजित गरेको थियो ।

यस सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपिएफ क्लब पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । आर्मी समूह ‘ए’ को विजेता तथा विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।