बैठकमा सहभागी हुन बालुवाटारमा पुगे गौतम

   ७ चैत्र २०७७, शनिबार १२:१९  

७ चैत, रौतहट । आज बसेको बैठकमा साहभागी हुन एमाले नेता वामदेव गौतम सरकारी निवार बालुवाटारमा पुगेका छन् ।

प्रधानमन्त्री निवार बालुवाटारमा उनी केही बेरअघि गौतम प्रवेश गरेका स्रोतले जनाएको छ ।शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

आज बोलाइएको बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिएका हुन् ।

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।