महेश भट्ट किन आलियाको विवाह गर्ने मनस्थितीमा छैनन्
७ चैत, रौतहट ।
बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको छ । उनीहरुले कहिले विवाह गर्दैछन् भनेर धेरै चासो पनि लिने गरेका छन् ।
तर, एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्टले अहिले नै उनको विवाह गर्ने मनस्थितीमा नभएको बताएकी छन् । उनले पिताले आफूलाई छिट्टै टाढा बनाउन नचाहेको पनि बताएकी छन् ।
नले भनिन्, “मेरो बुवालाई मेरो धेरै नै चिन्ता छ । उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो ।” उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् । उनले भनिन्, “विवाहको कुरा गर्दा बुवाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ । तर आफ्नो नजरबाट टाढा गराउन नचाहाने बताउँनुहुन्छ ।”
छोरी टाढा हुने डरको कारण महेश भट्टले आफ्नै छोरीको विवाह गर्न नदिएको आलियाले खुलाएकी छन् । एजेन्सी