शनिबार पनि एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

   ७ चैत्र २०७७, शनिबार १०:५७  

७ चैत, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्दैँ छ।

बालुवाटारमा आज बिहान १०ः३० बजेदेखि संसदीय दलको बैठक बस्ने छ, भने आजै बिहान ११ बजेदेखि १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने भएको स्रोतले जनाएको छ ।

एमालेका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने छ ।

यही चैत ५ गते (बिहीबार) बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।