भोजपुरी फिल्मका अभिनेता खेसारीलालविरुद्ध मुद्धा दर्ता

   ६ चैत्र २०७७, शुक्रबार १३:५५  

६ चैत, रौतहट ।

भोजपुरी फिल्मका स्टार खेसारीलाल यादवविरुद्ध मुद्दा दर्ता भएको छ । फिल्म निर्देशक आरआर पाण्डेयले खेसारीविरुद्ध लखनऊको गुडम्बा थानमा एफआईआर दर्ता गराएका हुन् । निर्देशक पाण्डेयले खेसारीविरुद्ध गालीगलौज र अभद्र व्यवहार गरेको आरोप गाएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार पाण्डेयले खेसारीले सामाजिक सञ्जालका माध्यमबाट सहकर्मी कलाकारलाई धम्काएको दाबी गरेका छन् ।

यो मामलामा शत्रुघ्न यादव उर्फ खेसारीलाल यादवसहित अन्य चार व्यक्तिलाई एफआईआर दर्ता गरिएको छ ।

खेसारीको फ्यान फलोइङ करोडौं छन् । केही समय अघि उनले दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नाम लिएर एउटा कुरा बोलेका थिए । जुन कुराले निकै चर्चा पाएको थियो । एजेन्सी